काठमाडौं, पुस २२ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा बाहिरिएको ३३ किलो सुनको बारेमा छानविन गर्न पाँच सदस्य छानविन समिति गठन गरेको छ ।
समितिले भन्सार विभागका २९ जना कर्मचारीलाई जिम्मेवार बिहिन बनाएर अनुसन्धान सुरु गरेको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले जानकारी दिनुभयो । समितिले १० दिन छानविन गरेर प्रतिवेद बुझाउनु पर्नेछ ।