काठमाडौं, २२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले नेकपा एमालेले दर्ता भएको संविधान संसोधन प्रस्ताव कुनै हालतमा पास हुन नदिने बताएका छन् ।
उनले एमालेलाई ड्रम र नगरा बजाएर तराईबाट कसैले लखेट्न नसक्ने बताएका छन् । ‘ड्रम बजारएर हो कि नगरा बजाएर तराईबाट हामीलाई लखेट्ने कुरा गर्दै हुनुहुन्छ’, ओलीले भने, ‘तराईमा उहाहरुको ११ सिट छ, हाम्रो ४० सिट छ ।’
एमालेलाई तराईमा कसैले रोक्न नसक्ने भन्दै ओलीले अब आफुहरु अभियान लिएर तराईमा जान लागिरहेको बताए । फागुनको दोस्रो हप्ताबाट मेचीकाली अभियान थाल्ने पनि ओलीले उद्घोष गरे ।