काठमाडौं, २२ पुस । आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेडले घाँटी काटी हत्या गरेकी छिन् ।
अनिषाको नातामा दाजु पर्ने कृष्णबहादुर तामाङलाई पनि योे घटनामा सहयोग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । दुबै जनाले प्रहरीसमक्ष अभियोग स्वीकार गरिसकेका चाँपागाउँस्थित महानगरीय प्रहरीवृतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभयो । – रासस