काठमाडौं, २२ पुस । सरकारले पुनर्संरचना आयोगको प्रतिवेदन बुझ्ने निर्णय गरेको छ । प्रतिवेदन बुझेपछि अध्ययन गर्न कार्यदल बनाइनेछ । मंसिर मसान्तभित्रै प्रतिवेदन बुझ्नुपर्ने भए पनि सरकारकै कारण ढिलाइ भएको थियो ।
जसअनुसार महानगरः ४, उपमहानगर स् १२, नगरपालिका स् २४१, गाउँपालिका स् ४६२, जम्मा वडा संख्या स् ६५०० काठमाडौं, ललितपुर, भरतपुर र पोखरा गरी चारवटा महानगर भएका छन् । विराटनगर, जनकपुर, हेटौँडा, गढीमाई सिम्रौनगढ, वीरगन्ज, इटहरी, धरान, बुटवल, तुल्सीपुर, घोराही, नेपालगन्ज र टीकापुर गरी १२ वटा उपमहानगर बन्ने भएका छन् ।