काठमाडौँ, २२ पुस । पूर्वराजा ज्ञानेन्द्रले छोरी प्रेरणा सिंहलाई दाइजोको रुपमा दिएको जग्गा अब नेपाल सरकारको ट्रष्टको नाममा हुने भएको छ ।
प्रधानन्यायधीश सुशीला कार्की र न्यायधीशहरु दीपक कार्की तथा सपना मल्लको संयुक्त इजलासले सो जग्गा ट्रष्टकै नाममा रहने फैसला गरेको हो । राजतन्त्र हटेपछि दरबार र राजा वीरेन्द्रको नाममा रहेको सम्पत्ति नेपाल ट्रष्टको हुने व्यवस्था गरेको छ ।
तर प्रेरणाले सरकारले सो निर्णय गर्नुअघि नै आफूलाई पिता ज्ञानेन्द्रले सो जग्गा दाइजोको रुपमा दिएको हुनाले सरकारले ट्रष्टमा गाभ्न नपाउने भन्दै मुद्दा दायर गरेकी थिइन् ।