बाँके, २१ पुस । कोहलपुरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बुधवार साँझ करिब ८ बजेतिर कोहलपुरको साँझानजिक अन्दाजी १८ वर्षीय किशोरीलाई सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
युवकहरुले साँझ घर पुर्याइदिने भन्दै कोठामा लगेर सामूहिक बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएका उनले जानकारी दिए ।प्रहरीका अनुसार युवती र युवकहरु चिनेजानेका नै हुन् । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।