काठमाडौं, २१ पुस । झण्डै ३३ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट १० तोलाको दरले २ सय ८२ वटा सुनको टुक्रा, १८ वटा सिक्री, १९ वटा औँठी बरामद गरिएको प्रहरी उपरीक्षक चौधरीले बताए । उनीहरुलाई प्रहरी वृत्त गौशालामा राखेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।