काठमाडौ, २१ पुस। पार्टीको आन्तरीक निर्वाचन र संगठनात्मक कार्यविधिका बारेमा छलफल गर्न बसको नेकपा (माअोवादी) केन्द्रको कार्यालय बैठक भोली फेरि बस्ने गरी स्थगित भएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले सर्वोच्वको फैसलापछि देशको राजनीति सहमतितिर जानलागेको बैठकपछि नेता अग्नी सापकोटाले बताए । ‘अध्यक्षले अदालतको फैसलापछि अव संसोधन प्रस्ताव पारित हुने र सहमतिका लागि सबै दलसंग छलफल जारी रहेको बैठकमा जानकारी गराउनुभएको थियो’ सापकोटाले भने ।