रुकुम, २१ पुस । यसवर्ष रुकुममा स्याउ उत्पादनमा गिरावट आएको छ । विशेष गरी जिल्लाको मथिल्लो भेगमा उत्पादन हुने स्याउ गत वर्षको भन्दा यसवर्ष करीव सात प्रतिशतले गिरावट आएको छ ।
यसवर्ष जिल्लामा २ हजार ६ सय ७० मेट्रिक टन मात्रै स्याउ उत्पादन भएको छ । तर गतवर्ष जिल्लामा २ हजार ८ सय ४८ मेट्रिक टन स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय रुकुमका प्रमुख सहदेवप्रसाद हुँमागाइँले बताए ।
जिल्लाको मथिल्लो भेगका गोतामकोट, स्यालाखदी र प्वाङलगायतका गाविसमा व्यावसायिक रुपमा कृषकहरुले स्याउ खेती गर्दै आएका छन् ।