१२ जेठ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अहिलेको सरकारलाई निरन्तरता दिनु पर्ने बताउनुभएको छ ।
उहाँले माओवादी केन्द्रमा सरकार परिवर्तनबारे कुनै छलफल समेत नभएको स्पष्ट पार्नुभयो । मधेसीसहित आदिवासी जनजातिको माग आधारभूत रुपमा ठीकै भएको भन्दै नेता गुरुङले लचकता अपनाएर त्यसलाई सम्बोधन गर्नु पर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘आन्दोलनरत र अरु दलको पोजिसन हेर्दा सहमतिको सम्भावना देखिन्छ । त्यसैले अहिले सहमतिका लागि पहल गर्नुपर्छ ।’