काठमाडौं, २१ पुस । नेपाल वायु सेवा निगमले आफ्नो सेवा विस्तार गर्दै लिएको छ । यसैक्रममा पहिलो पटक दक्षिण कोरियामा सिधा उडान गर्दैछ ।
हालसम्म कुनै पनि नेपाली वायुसेवा कम्पनीले कोरियाका लागि उडान गरेका थिएनन् । निगमले युरोपेली कम्पनी एयरबसमा निर्मित २ सय ५० देखि २ सय ८० सिट क्षमताको ‘ए ३३०–२००’ सिरिजको ‘वाइड बडी’ जहाजबाटकोरिया उडान गर्नेछ ।