काठमाडौं, २१ पुस । संविधान संसोधनमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले संविधानको धारा २७४ नै खारेज गर्नुपर्ने माग अघि सारेको छ । उक्त धारा खोरेज गरेर भए पनि प्रदेश सीमांकनमा देखिएको संवैधानिक र राजनीतिक गतिरोध फुकाउन प्रस्ताव गरेको छ ।
प्रदेश सीमांकनको विषयमा एकपछि अर्को अडान राख्दै आएको मोर्चाले संविधानमै संशोधन गर्न नसकिने स्पष्ट उल्लेख भएको धारालाई खारेज गरेर अघि बढ्न प्रस्ताव गरेको हो ।
संविधान संशोधनका विषयमा सर्वोच्च अदालतले दिएको आदेशपछि बसेको गठबन्धनको बैठकले संविधानको धारा २७४ खारेज गर्नुपर्ने मागका विषयमा सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रसँग छलफल गर्ने बताएको छ ।