इन्द्रेणी संवाददाता
दाङ, २० पुस । दाङको त्रिपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि नगरपालिकाको समग्र विकासका लागि १५ करोड ५६ लाख ४९ हजार ४ सय रुपैयाँ बजेट प्रस्ताव गरेको छ । आज सम्पन्न तेस्रो नगरपरिषदबाट चालुतर्फ ५ करोड ६१ लाख ६६ हजार ४ सय र पूँजीगततर्फ ९ करोड ९४ लाख ८२ हजार ६ सय रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।
उनले नगरपालिकाले आगामी आवमा नगरपालिका क्षेत्रभित्र विभिन्न भौतिक पूर्वाधार विकास, कृषि तथा सिंचाइ, खेलकुल एवं पर्यटन, स्वास्थ्य, सरसफाइ तथा फोहरमैला व्यवस्थापनलगायतका क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वसमान्य तथा प्रशासन मन्त्री रेखा शर्माले मानव विकास र भौतिक विकासलाई सँगसँगै लैजान सकिए मात्रै विकासको सार्थक परिकल्पना गर्न सकिने बताइन ।
सो अवसरमा विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए । परिषदको अवसरमा नगरपालिकालाई यहाँसम्म ल्याउन सहयोग गर्ने विभिन्न कर्मचारीहरुलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।