माधव वेल्वासे
कपिलवस्तु २० पुस । कपिलवस्तु प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद ढकालले कुनै पनि कार्यलयका कर्मचारिहरुले काममा बाहानाबाजि गर्न नपाउने वताए । जिल्लाको चन्द्रौटामा भएको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो वताएका हुन ।
यस क्षेत्रको सुरक्षामा संवेदनशिल हुन इलाका प्रशासन,वडा प्रहरि,शसस्त्र प्रहरिलाई प्रजिअ ढकालले निर्देशन समेत दिए ।सुरक्षा निकायको लापरवाहिले यस क्षेत्रका स्थानियले दु ख भोग्न नपर्ने वताए ।सुरक्षा र विकाशमा राजनितिक दल, स्थानियको मुख्य भुमिका हुने भएकाले सवै एकजुट भएर शान्ति शुरक्षामा लाग्नुपर्ने समेत ढकालले वताए ।
चन्द्रौटा प्रस∙मा वोल्दै प्रमुख जिल्ला अधिकारि ढकालले यस क्षेत्रमा पार्किङको जटिल समस्यालाई वडा प्रहरि,इलाका प्रशासन राजनितिकदल र यातायात संग छलफल गरि यसलाई समाधान गर्नुपर्ने र यसमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गरे ।त्यस्तै फोहोर व्यावस्थापन सवन्धि शिवराज नगरपालिको नेतृत्वमा सवै स्थानिय ले सहयोग गर्नु पर्ने वताए । जिल्लामा शान्ति सुरक्षाको दृष्टिले हेर्दा दोषिले कानुन अनुसार कारवाहि पाउने र कुनै राजनितिको दवावमा आफुले काम नगर्ने समेत वताए ।
कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेद अलिले कपिलवस्तु वासिलाई सुरक्षाको अनुभुति गराई सफल कार्यकालको शुभकामना दिए ।विभिन्न राजनितिक दलका प्रतिनिधि,समाजसेवि, व्यापारि,संचारकर्मीहरु लागएतको उपस्थिति रहेको थियो ।