काठमाडौं- अभिनेता विष्णुभक्त फुयाँलको आज मंगलबार अभिनय गर्दागर्दै निधन भएको छ । राजधानीको राष्ट्रिय नाचघरमा नाटक अभिनय गर्दागर्दै कलाकार फुयाँल बेहोस भएका थिए ।
कलाकार फुयाँलले टेलिभिजनको हास्य सिरियल ‘तितो सत्य’ मा लामो समय अभिनय गरेका थिए । विभिन्न चलचित्र र गीतमा समेत अभिनय गरेका कलाकार फुयाँल नाट्य क्षेत्रमा समेत सक्रिय अभिनेता हुन् ।