एजेन्सी, १९ पुस । ब्राजिलको एक जेलमा कैदीबन्दीबिच भएको झडपमा परि ५६ जनाको ज्यान गएको छ । ब्राजिलको उत्तरी राज्य अमेजोन्सको मानाउसमा रहेको जेलमा कैदीका समूह र प्रहरीबिच झडप भएको हो । जेलमा १७ घण्टासम्म झडप भएको थियो ।
चार सय ५४ जनाको क्षमता रहेको जेलमा १२ सय २४ जना कैदी छन् । ब्राजिल विश्वमा धेरै कैदीबन्दी रहेको देशको सूचिमा चौथो स्थानमा छ । ब्राजिलमा ६ लाख भन्दा धेरै कैदीबन्दी छन् । टाउको काटिएका ६ जनाको शव जेलको पर्खालबाट फालेपछि झडप सुरु भएको हो । त्यसपछि १७ घण्टासम्म झडप भएको बताइएको छ ।