काठमाडौं, १८ पुस । विपक्षीको अवरोधपछि साढे दुई घन्टाका लागि स्थगित गरिएको व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरी फेरि स्थगित भएको छ।
गतिरोध हटाउने सभामुखको पहल निश्कर्षबिहिन भएपछि बैठक भोलि मंगलबार १ बजे बोलाइएको छ। सभामुखले अपरान्ह बोलाएको बैठकमा शीर्ष दलका नेताहरु अनुपस्थित भएका थिए।