संजय कुशवाहा
नवलपरासी, १८ पुस । नवलपरासीको कुडीयामा ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। कुडियाको फेनहरा ३ भित्री सडकखण्ड अन्तर्गत गएराति बागमती चिनिमिलबाट प्रतापपुरतर्फ आउदै गरेको ना ३ ख ४७४८ नम्बरको ट्रकले सोही दिशा बाट आउदै गरेको पैदल यात्री कुडिया ३ फेनहरा बस्ने ६५ बर्षिय चन्दन पुरीको मृत्यु भएको हो ।