एजेन्सी, १८ पुस । दिल्लीका मुख्यमन्त्री तथा पार्टी आम आद्मीका नेता अरविन्द केजरिवालमाथि जुत्ता प्रहार भएको छ । आइतबार हरियाणाको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री केजरिवालमाथि जुत्ता प्रहार भएको भारतीय मिडियाहरूले जनाएका छन्।
यसैबीच मुख्य मन्त्री केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकले आफुमाथि जुत्ता प्रहार गरेको आरोप लगाएका छन् । ‘केही दिनअघि मैले मोदीलाई ‘काँतर प्रधानमन्त्री’ भनेको थिएँ ।
आज उनका समर्थकले मलाई जुत्ता हानेका छन् । मोदीजी हामी पनि बदला लिन सक्छौँ, तर हाम्रो पार्टीले कहिल्यै पनि भाजपाले जस्तो घटिया राजनीतिलाई प्रश्रय दिँदैन,’ उनले भनेका छन् ।