मोरङ, १८ पुस । सुन्दरदुलारी ६ का ५७ वर्षका धनबहादुर गुरुङलाई कृष्ण आयल ट्रेडर्समा चोरी गर्न आएको एक समूहले हानेको दाउराको चिर्पट लागेर ज्यान गएको छ ।
चोर समूहले प्रहार गरेर गम्भीर घाइते भएका गुरुङलाई तत्काल उपचारका लागि नोबेल मेडिकल कलेज पुर्याई सघन उपचार कक्षमा उपचार गरिएको भए पनि उनलाई बचाउन सम्भव नभएको बताएको थियो ।