रुकुम, १८ पुस । रुकुममा जिप दुुर्घटना हुुँदा चार जना घाइते भएका छन् । रुकुमकोटको धाउन्ने बजारबाट सोलाबाङतर्फ आइरहेको लु १ अ १०५६ नम्बरको जिप स्यालापाखाको गिलबाङमा गएराती दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते सबैलाई जिल्ला अस्पताल सल्लेमा उपचार हुन नसकेपछि थप उपचारका लागि आज बिहान नेपालगन्ज रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख डा राजेन्द्र जिसीले बताए । घाइतेमध्ये अविषेक र तिलविरको अवस्था गम्भीर रहेको छ ।