बाँके, १७ पुस । दशवर्षे जनयुद्वमा घाइते भएकाहरुको अबदेखि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा निःशुल्क उपचार हुने भएको छ ।

सो अस्पतालका छाला रोग विशेषज्ञ डा बद्री चापागाईंले कार्यक्रमअन्तर्गत बिरामीको उपचारका साथै निजका सहयोगीलाई यातायात खर्च, आवासको व्यवस्थासमेत गरिएको छ ।
मध्य तथा सुदूरपश्चिमका करिब पाँच हजार त्यस्ता पीडितलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको अस्पतालका वीरेन्द्रबहादुर चन्दले बताए ।