काठमाडौं, १८ पुस । २३ वर्षअघि दुई युवतीलाई भारतमा लिई वेश्यालयमा बेच्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
ब्युरोले पक्राउ गरी फैसला कार्यान्वयनका लागि मकवानपुर जिल्ला अदालतमा पेस गरेकामा अदालतको आदेशले कैद भुक्तानको लागि आइतबार भीमफेदी कारागार मकवानपुरमा पठाएको ब्युरोले जनाएको छ ।
विसं २०५० भदौ महिनामा कुपण्डोलस्थित गलैँचा कारखानामा काम गर्ने दुई युवतीलाई लामासहित प्रतिवादी गोपाल स्याङ्तान र ज्ञानु भन्ने तितुङ तामाङले बस चढाई भारतको मुम्बईस्थित वेश्यालयमा पु¥याई बेचेका थिए ।