धनगढी, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको विधेयकलाई यथास्थितिमा समर्थन गर्न नसकिने बताएका छन् ।

विधेयकलाई तत्काल थाती राखेर सहमतिका लागि सरकारले अग्रसर हुनुपर्नेमा जोड दिए । संविधान संशोधनका लागि दलहरुबीच भइरहेका पछिल्ला वार्ताले समस्या समाधान गर्नेभन्दा पनि देश मुठभेडतर्फ जाने सम्भावना देखिएकोे उनको भनाइ थियो ।