बर्दिया १६ पुस । बर्दियामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बर्दियाको सोरहवा गाविस वडा ३ खैरेनी स्थित भित्री सडक खण्डमा बडैयाताल बाट खैरेनि बजार तर्फ आउदै गरेको भे ६ प ५७८ नम्बर को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको हो ।
उनीहरुलाइ उपचारको लागि बाकेको नेपालगंज उपचारको लागि लिदै गर्दा बिरु थारुको बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
अन्य दुइ जनाको अबस्था पनि गम्भिर रहेको टाउको चोट लागेको र नेपालगंजको नर्सिङ्गहोममा उपचार भइरहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताउनु भएको छ ।