बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन विधेयक संसदमा छलफल गर्न नमिल्ने बताएका छन् ।
उनले भने, बिधेयक पारित नहुने निश्चित छ। तर, यो विधेयक संसदमा छलफल समेत गर्न मिल्दैन।ु मुलुकको हित र संविधान बिपरित आएको विधेयक कुनै हालतमा संसदमा छलफल हुन नदिने उनले बताए।
उनले वर्तमान सरकार सङ्क्रमणकाल टुङ्ग्याएर निर्वाचन गर्ने र सत्ता हस्तान्तरण गर्ने जिम्मेवारीबाट पन्छिएर संविधान विपरीत राष्ट्रिय एकतालाई नै कमजोर पार्ने ढङ्गले काम गरिरहेको बताए। सरकारले देशलाई लोकतान्त्रिक विधिबाट राष्ट्रिय एकताका साथ अघि बढाउनेभन्दा पनि अराजनीतिक बाटो अख्तियार गरेको ओलीले खारोप छ ।