गत महीना मात्र चट्ट सलाम छ बोलको देउडा गीत ल्याएर सांगीतिक बजार तताईरहेका समीरले फेरी अर्को दमदार गीत लिएर आएका छन । राजुबाबु श्रेष्ठको शब्द,अनिस श्रेष्ठको संगीत र समीर आचार्यको स्वर रहेको बल्ल चाल पाएँ बोलको गीतको म्यूजिक भिडियो यहि साता सार्वजनीक भएको छ ।
यस भिडियोमा र्याम्बो र रोजालीनको उत्कृट प्रस्तुतीका साथै समीर आफैको पनि स्क्रीन फीचर निकै राम्रो भएको छ । आठ वर्षको अष्ट्रेलीयाको बसाईका क्रममा त्यहाँबाटै नेपाली संगीतमा एक पछि अर्को हिट गीत बजारमा ल्याईरहेका समीर यो गीत पनि श्रोता दर्शकहरुले मन पराईदिनेमा ढुक्क छन ।
भिडियो हेर्न तलको लिंकमा किलिक गर्नुहोस :