संजय कुशवाहा
नवलपरासी १४, पुस । नवलपरासीमा भुमि सुधारको लागि माघ महिना भित्र आयोग गठन हुने स् संसद कलवार नवलपरासी क्षेत्र न।६ का विभिन्न गाविसहरूमा किसानहरूले वर्षौ देखि जोत भोग गरिरहेको हुदाँ पनि अहिले सम्म लालपुर्जा नभएको जग्गाहरुको लागि माघ महिना भित्र आयोग गठन हुने नेपाली काग्रेस क्षेत्र न।६ का सभासद देवकरण कलवारले जानकारी दिनु भयो।
साथै सांसद कलवारले उर्जा मन्त्री माननीय जनार्दन शर्मा सित भेट गरी नारायणी नदि बाट पिडित किसानहरूको लागी विधुतिय प्रणालीबाट सिचाईको लागि करिब ३०० सय पोल र तार, १० वटा टान्सफर्मार र १०० वटा कृषि मिटर माग गरी यस बारे चाडैं ब्यवस्थापन हुने उहाले बताउनु भयो।