काठमाडौं, १४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा मानव जीवन र समाजका लागि हुनुपर्ने बताएका छन् ।
त्रिविका कुलपित समेत रहेका प्रचण्डले देशमा उच्च शिक्षाका लागि कुनै आधार नभएको समयमा आजभन्दा ५७ वर्ष पहिले त्रिभूवन विश्वविद्यालय स्थापना भएको उल्लेख गर्दै यसल पहिलो तथा लामो समयसम्म एक मात्र विश्वविद्यालयको रुपमा क्रियाशील यस विश्वविद्यालयले उच्च शिक्षाको क्षेत्रमा पु¥याएको असाधारण योगदानको प्रशंसा गरे ।
देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न, कला, संस्कृति र परम्पराको संरक्षण गर्न, ज्ञान, विज्ञान तथा प्रविधिका क्षेत्रमा सामयिक अध्ययन–अनुसन्धानमा संलग्न रहने जस्तो घोषित उद्देश्य पूरा गर्न यस विश्वविद्यालयले खेलेको भूमिका समेत प्रशंसहनिय भएको उनले बताए ।
प्रधानमन्त्री दाहालले नेपालको संविधानले शिक्षा र रोजगारीलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको समेत जानकारी दिए ।