काठमाडौं, १४ पुस । विरगञ्जको वरौनी नाकामा एक ट्याङ्कर चालकमाथि गोली प्रहार भएको केही दिन नवित्दै आज कपलिवस्तुको कृष्णनगर भन्सारमा गोली चलेको छ । भन्सारमा गोली चल्दा सशस्त्र प्रहरीका दुई घाइते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार गोली भारततिरबाट चलेको हो । गोली किन चलाइयो र नेपालका सशस्त्र प्रहरीमाथि नै गोली चलाइएको हो कि होइन भन्ने खुल्न सकेको छैन ।