काठमाडौं, १४ पुस । सरकारले एसियाली विकास बैंकबाट प्राप्त हुने दुई अर्ब रुपैयाँ अनुदान स्वीकृत गरेको छ ।
त्यसैगरी बैठकले पोखरा सुधार खानेपानी सुधार आयोजनाका निम्ति ४ अरब ४३ करोड बजेट बिनियोजन गरेको छ । प्रमूख सेनानी रबिन्द्र केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।
बैठकले कार्य स्थानमा काम गर्ने मजदूरहरुमा ध्वनी र प्रकाशको प्रदुषणलाई मध्यनजर गरेर त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने, ६ वर्षदेखि नेपाली आकाशको स्याट्लाइटको भुक्तान गर्न बाँकी बक्यौता रकम त्रिसठ्ठी हजार सात सय डलर भुक्तानी गर्ने निर्णय गरेको छ ।
बैठकले प्रेस काउन्सिलको सदस्यमा नबलकिशोर यादव र संगीता खड्कालाई नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।