दीपबहादुर घर्ती
जाजरकोट, १४ पुस । जाजरकोट खलंगामा रहेको त्रिभुवन उच्च माध्यामिक बिद्यालयमा जिल्लाका एक पत्रकारले बिद्यालय पोषण बगैचा निर्माण गरेका छन् । खालि रहेको बिद्यालयको जग्गामा फलफुल, तरकारी र मसलाबाली लगाएर पत्रकारले पोषण बगैचा निर्माण गरेका हुन् ।
कक्षा ६ देखि १२ सम्मको पढाई हुने उच्च माविमा बिद्यालय पोषण बगैचा निर्माण गर्दा आफुले काँडाझाँडी पन्छाउनुका साथै पट् बाजो खनेर मात्र बगैचा निर्माण गर्न सफल भएको उनले जानकारी दिए । काँडाझाँडी पन्छाउदा तीन वटा सर्प पनि भेटिएको पत्रकार पन्तको भनाई रहेको छ ।
त्रिभुवन उच्च मावि अन्तरगत रहेको महिला फिडर छात्राबासको वारेन तथा होस्टेल ईन्चार्ज आफ्नी स्वास्नी माया पन्त भएको हुदा आफुलाई बिद्यालयको जग्गामा पोषण बगैचा निर्माण गर्न कुनै समस्या नपरेको उनले जानकारी दिए ।
दिनभर रिर्पोटिङका लागि बिभिन्न फिल्डमा घुम्नु परे पनि विहान वेलुकाको समय पोषण बगैचामा दिने गरेको पत्रकार पन्तले वताए । बिद्यालय पोषण बगैचामा हाल उनले फलफुलमा केरा र दशेरी आँप लगाएका छन् भने, तरकारीमा आलु, मुला, भाजी, तोरी, पालुङ्गो लगाएका छन् ।
त्यसैगरी मसलामा लसुन, धनिया, प्याज लगाएका छन् । उनको बगैचामा सखरखण्ड पनि टन्नै लगाईएको छ । भण्डै डेर रोपनी जग्गामा उनले पोषण बगैचा निर्माण गरेका छन् ।
विद्यालय पोषण बगैचालाई उक्त बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुको ईच्छीक बिषयसंग जोडेर लिन सकिएमा हरक बिद्र्थीहरुको घर तहमा पोषण बगैचा बन्न सक्ने पत्रकार पन्तले अपेक्षा राखेका छन् ।