काठमाडौ, १४ पुस । साहित्यकार कमलमणि दीक्षितको आज बिहान निधन भएको छ । दीक्षितको ८७ वर्षको उमेरमा बिहीबार बिहान २ः४५ बजे ललितपुरमा निधन भएको हो।
मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितका पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितक माइला छोरा हुन् ।