काठमाडौं, १३ पुस । लोडसेडिङ हटाउ अभियानलाई असहयोग गरेको भन्दै नेपाल विद्युत प्राधिकरणका तीनजना सञ्चालकलाई हटाउने ऊर्जामन्त्री जनार्दन शर्माको निर्णयलाई सर्वोच्च अदालतले तत्कालका लागि रोकिदिएको छ ।
ऊर्जामन्त्री शर्माले प्राधिकरणका सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई पदीय आचरणअनुसार काम नगरेको भन्दै स्पष्टिकरण सोधेर हटाएका थिए ।
तीनैजनालाई हटाएकै दिनमा मन्त्री शर्माले माओवादीका दुईजना कार्यकर्ता र एक काङ्ग्रेसनिकटहरुलाई प्राधिकरण सञ्चालक समितिमा नियुक्त गरेका थिए ।