बाँके, १३ पुस । बर्दियामा हात्तीको आक्रमणवाट एकजनाको ज्यान गएको छ । बर्दियाको सदरमुकामदेखि पश्चिमतर्फ रहेको मनाउ गाविस ५ प्रसेनी वजारमा आज विहान बर्दिया राष्ट्रिय निकुञ्जको जंगलबाट आएको हात्तीको बथानले आक्रमण गर्दा सोही गाविसका ३० वर्षीया विमला परियारको ज्यान गएको हो ।
घाइते दुवै जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको मनाउ प्रहरी चौकीका इञ्चार्ज खटकबहादुर थापाले बताए । हात्तीले अन्य भौतिक संरचनामा पनि क्षति पुर्याएको स्थानीयले जनाएको छ ।