Indrenionline.com

माओवादी केन्द्रमा राजनीतिक परिस्थितिबारे समीक्षा

काठमाडौं, १३ पुस। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरिएको छ ।

आज बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा संविधान संशोधन, महाअभियोग प्रस्ताव र स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको थियो ।

बैठकले राजनीतिक छलफल जारी राख्दै सहमतिको प्रयास गर्ने र त्यो सम्भव नभए संसदीय प्रक्रियाका माध्यमद्धारा संविधान संशोधन र स्थानीय निर्वाचनबारे ठोस निर्णय गरिने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।