संजय कुशवाहा
करको महत्व बारे सर्वसाधरणमा जानकारी निकै कम रहेको पाईएको छ । सो को महत्व बारे स्थानीय सर्वसाधरणमा जनचेतना र समयमै कर तिरी आफनोकर्तब्य पुरा गर्नाले सरकारवाट पाउने सेवा सुबिधाको बारेमा जानकारी गराउने उदेष्यले आज युथ एक्टीभिष्ट नवलपरासीको आयोजनामा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
म कर तिर्छु के का लागी तिर्छु बिषयक अभिमुखिकरण कार्यक्रममा नागरिकले तिरेको कर निशुल्क तथा गुणस्तरिय शिक्षाका लागी र निशुल्क स्वास्थय सेवाका लागी जस्ता कार्यहरु हुनका लागी कर तिरिरहेको कार्यक्रमका सहभागीहरुले बताए ।
आफुहरुले तिरेको कर कोरकम सरकारले राम्रो ढङ्गले सदुपयोग गर्न नसकेको सरकारलाई सहभागीहरुले आरोप पनि लगाए सो कार्यक्रममा दाउन्ने देबी, रुपौलिया, जमुनिया, प्रतापपुर, कुडिया र त्रिबेणी सुस्ता गरि ६ वटा गा।बि।सका युवाहरु गरि ५० जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजिकरण युथ एक्टिभिष्टा नवलपरासीका बिधाता यादव र नारायण भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा उपस्थिती भएका युवाहरुले आज जमुनिया गा।बि।सको गोपिगञ्ज बजारमा रहेका पसलहरुकासाहु, स्थानियबासी र ग्राहकहरुलाई कर के हो र के को लागी बुझाउनु हुन्छ भनेर २ मिटरको सेतो कपडामा बिचारहरु पनि संक्लन गरेका थिए ।