सन्तोष खडेरी
बिगत लामो समय देखि वैदेशिक रोजगारी का सिलसिलामा युएई का विभिन्न क्षेत्रमा छरिएर रहेका दाङ जिल्ला बासीहरुको साझा सामाजिक संस्था दाङ देउखुरी समाज यु।ए।ई। ले आफ्नो स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेकोमा हालै दाङ गंगापरस्पुर गाविस वडा नं-६ खेज्रौटा र वडा नं-८ बाँकीमा भीषण आगलागिमा परि आफ्नो घररगोठ गुमाएका अग्नि पिडितहरुलाई राहत वितरण गरेको छ।
राहत वितरणमा संस्थाका प्रतिनिधिहरुले प्रवासमा रहे पनि सानो नै भए पनि यसरी आफ्नो मातृभूमिको सेवा गर्ने मौका पाएकोमा खुशी ब्यक्त गर्दै समाजको यस अभियानमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनु भएको थियो भने पिडितका तर्फबाट पनि प्रवासमा रहेर पनि एकजुट भइ यसरी मातृभूमीको सुखदुःखमा साथ र सहयोग गर्ने दाङ देउखुरी समाज युएई प्रती कृतज्ञता व्यक्त गर्नु भयो।