काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्न नदिएर जनआन्दोलन र लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई उल्टाउने जर्मको भइरहेको बताएका छन् ।
जनआन्दोलन सफल पार्न र माओवादीलाई पहिलो पार्टी बनाउन तामाङहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा नै तामाङहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले तामाङसालिङ राज्य हुनुपर्छ भनेर माओवादीले नै स्थापित गरेको र आगमी दिनमा पनि उनीहरुको मागप्रति सरकार र पार्टी गम्भीर रहेको बताए ।