संजय कुशवाहा
नवलपरासी जिल्लाको सिमावर्ती नाका झुलनिपुरको नाका बाट ४ पाङ्रे सवारिसाधन आवत जावतमा भरतीय एसएसबीले रोकलगाएको छ।सिमा क्षेत्रमा रहेका नेपाली नागरिकहरुले भारतमा आफन्त रहेको हुदा आफन्त कहाँ जान ४ पाङ्रे साधन प्रयोग गर्न नपाउदा समस्यामा परेको बताएका छन।
केही दिनदेखि आवतजावतमा रोकलगाएपछि तत्काल नाका खोलिनु पर्ने स्थानियबासिले सरकार समछ माग गरेका छन तर भारतीय एस।एस।बि भने यो नाका सरकारीरुपले प्रतिबन्ध रहेकाले खोल्न नसकिने जनाएको छ।झुलनिपुर नाकामा रहेका एस।एस।बि।ले ठुठिबारी नाका र सुनौली नाका बाट कानुनीरुपले आवतजावत गर्न मिल्ने भएकोले त्यहि नाका बाट आवतजावत गर्न सबैमा आग्रह गरेको छ।
यस्तै रहने हो भने नेपालको धार्मिक स्थल त्रिबेणीमा लाग्ने मेला तथा मदार बाबा मेलामा भक्त श्रध्दालुको कम उपस्थिति हुने अनुमान गरिएको मदरसा ईस्लामिया कुताबुल कुडिया ६ महलबारीका अध्यक्ष जामलुदिन असारि ले बताउनु भयो।तर यो नाका केही महिना देखि मात्र अवरोध गरिएको छ।