रबिन्द्र यादव
नवलपरासी , १० पुस । नवलपरासीबाट निर्वाचित सांसदद्धयहरुले सरकारले तत्काल उखुको मुल्य निर्धारण गर्नुपर्ने माग राख्दै नेपाली काङ्ग्रेसका सभापति एवंम् पुर्व प्रधामन्त्री शेरवहादुर देउवा समक्ष भेटघाट गरेका छन् ।
सो क्रममा पार्टी सभापति देउवा संग आफुहरुले तत्काल उखुको सरकारले मुल्य निर्धारण नगर्दा किसानहरु निकै समस्यामा पर्ने हुदा यसलाई तत्काल समस्या समाधान गर्न माग गरिएको छलफलमा सहभागी नेपाली काङ्ग्रेसका नेता एवंम् नवलपरासी निर्वाचन क्षेत्र न। ६का सांसद देवकरण प्रसाद कलवारले बताउनुभयो ।
सो क्रममा पार्टी सभापति देउवाले तत्काल उद्योगमन्त्रीलाई निर्देशन दिएर अर्थ मन्त्रालय संग समन्वय गरी उखुको सरकारकाले मुल्य निर्धारण गर्ने आफुहरुलाई आस्वासन दिएको छलफलमा सहभागी नेपाली काङ्ग्रेसका नेता एवंम् नवलपरासी निर्वाचन क्षेत्र न . ५ का सांसद बिक्रम खनालले बताउनुभयो ।
यसैबिच उद्योगमन्त्री नबिन्द्रराज जोशीलाई समेत भेटेर सांसदद्धयको टोलीले उखुको मुल्य तत्काल निर्धारण गर्न सरकारले पहल गर्नेपर्ने बारेमा छलफल गरेको थियो । नवलपरासीका किसानहरूले उखुको मुल्य ५५६ रु प्रति क्विन्टल सरकारले निर्धारण गर्नुपर्ने जोडदार माग गर्दै आइरहेका छन साथै उचित माग अनुसार मुल्य निर्धारण नभए खेतमा नै विरोध स्वरूप उखु जलाउने चेतावनी दिदै आएका छन ।