एजेन्सी, १० पुस । उडेको केही वेरमै रुसी विमान राडारबाट सम्पर्क बिहीन भएको छ । रुसको सोचीबाट उडेको विमान सम्पर्क बिहीन भएको हो । टियु–१५४ उडानको विमानमा ७० देखि एक सय जना यात्रु रहेको उल्लेख गरिएको छ ।
समाचार संस्था इन्टरफ्याक्सले स्रोतलाई उद्धृत गर्दै विमान नेपाली समय अनुसार आज बिहान ८ बजेर पाँच मिनेटमा राडारको सम्पर्क बाहिर गएको जनाएको छ ।
विमान उडेको २० मिनेटपछि बेपत्ता भएको हो । विमान ब्ल्याक सी नजिक बेपत्ता भएको हो । खोजी भइरहेको रुसको सरकारी टेलिभिजन उद्धृत गर्दै बिबिसीले जनाएको छ ।