इन्द्रेणी संवाददाता
दाङ, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव संसदबाटै टुङग्याउनुपर्ने बताएका छन् । प्रेस सेन्टर दाङले आज दाङको घोराहीमा आयोजना गरेको पत्रकर भेटघाट कार्यक्रममा संसोधन प्रस्ताव संसदमा दर्ता भइसकेकाले यो फिर्ता नहुँने र पारित भएपनि फेल भएपनि संसदबाटै टुङगो लगाउनुपर्ने बताएका हुन् ।
संसोधन प्रस्ताव सबै दलको सहमतिमा ल्याइएको भन्दै यो छिटो या चाँडो पारित हुने उनले दावी गरे । अहिलेको मुख्य विषय संविधान संसोधन, महाभियोगको प्रक्रिया अघि वढाउनु, निर्वाचनसम्बन्धी विधेयकको काम अघि वढाउनु र तीन वटै निर्वाचनको मिति घोषण गर्नु भएको उल्लेख गर्दै यी विषयलाई टुङयाउन विषयमा सहमति नभए पनि प्रक्रियामा प्रमुख दलह सहमति हुनुपर्ने बताए ।
संविधान कार्यान्वयनका लागि सहमतिको विकल्प उल्लेख गर्दै प्रचण्डले सबै दल, मधेस र जनजातिलाई मिलाएर लैजाने उत्तम विकल्प संसोधन प्रस्ताप पारित गर्नुनै नभएको बताए ।
प्रधानमन्त्री दाहालले अरु एक प्रशंगमा आफू मुलुकलाई विकास र संमृद्धितर्फ लैजानेतर्फ लागेको बताए । नेपालमा शुरु भएको राष्ट्रिय गौरवका आयोजनाहरु आफूले निरक्षण अनुगमन गर्नुका साथै आवश्यक निर्देशन दिने गरेको भन्दै उनले सरकार मुलुकको आर्थिक एवं विकासको संमृद्धितर्फ जुटेको बताए । प्रधानमन्त्री दाहाल घोराहीमा हुने ५ नम्बर प्रदेशको बैठकलाई सम्बोधन गर्न यहाँ आएका हुन् ।