काठमाडौं, ८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता लगायतका विषयमा आज पनि सर्वोच्चमा सुनुवाई हुँदैछ ।
पक्षका ११ जना वकिललाई बिहीबार २ घण्टाको समय दिएकाले विपक्षीका तर्फबाट वकालत गर्नेहरुले पनि २ घण्टा हाराहारीको समय पाउनेछन् । बहसमा उठ्ने प्रश्नमा पक्षका वकिलले जवाफ दिएपछि आज नै फैसला पनि हुनसक्ने रिट निवेदनकर्ता ओमप्रकाश अर्यालले बताए ।
लोकमानको पक्षबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, पूर्व महान्यायाधिवक्ताहरु बद्रीबहादुर कार्की, सुशील पन्त, बाबुराम कुँवर, र महादेव यादव पूर्व न्यायपरिषदका सदस्य उपेन्द्र केशरी न्यौपाने र अधिवक्ता भीमार्जुन आचार्य लगायतले बहस गर्नेछन् ।