दाङ, ८ पुस । पहाडी गाविस काभ्रेका नेपाली कांग्रेस र एमालेका १८ जना कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) काभ्रे गाविसको एकता भेलामा ती व्यक्तिहरुले पार्टी प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य तथा २ नं. निर्वाचन क्षेत्र इन्चार्ज नारायणी शर्मा ‘प्रतीक्षा’, माओवादी केन्द्र दाङका संयोजक सुवास पुनलगायतले अबिर लगाएर स्वागत गर्नुभएको थियो ।
नारायण डाँगीको अध्यक्षतामा भएको एकता भेलामा प्रमुख अतिथि निर्वाचन क्षेत्रका इन्चार्ज नारायणी शर्मा ‘प्रतीक्षा’, जिल्ला संयोजक सुवास पुनलगायतले बोल्नुभएको थियोा भने वाइसिएल जिल्ला उपाध्यक्ष खगेश्वर घर्ती, गाउँ पार्टी इन्चार्ज जीवन नेपाली, सहइन्चार्ज राजेश आचार्य, सल्लाहकार खुमान घर्तीलगायतको उपस्थिति रहेको थियो । तेजप्रसाद भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीहरुलाई अञ्जनाले स्वागत गर्नुभएको थियो ।