पौष । कैलाली जिल्लामा सामूहिक रूपमै गाईहरूको हत्या भएको जानकारी सामाजिक सञ्जालहरूमा आइरहेको छ । तर, सरकारी निकाय यसको मामलामा मौन देखिन्छ । गाईहरूको सामूहिक हत्या भएको विषयलाई लिएर हिन्दु ॐकार भोलन्टियर्स नामक संस्थाले कडाशब्दमा बिरोध जनाएको छ । सो संस्थाका अध्यक्ष पदमराज पाण्डे र महासचिव दीपक सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा बिरोध बिरोध जनाइएको हो ।
नेपालमा यस भूमिको सनातन वैदिक धर्म ॐकार परिवारको मुल्य–मान्यतालाई क्षीर्ण गराई यहाँको धार्मिक एवं सांस्कृतिक सभ्यतालाई धमिल्याउने र यीनै सभ्यताले निर्माण गरेको राष्ट्रिय भावनामा ह्रास ल्याई यो मुलुकलाई विखण्डन गर्ने षड्यन्त्रहरू भइनै रहेको भन्दै सनातन धर्म ॐकार परिवारको पूज्य गोवंशको सुरक्षाको विषयमा राज्यको लापरवाही देखिनुमा त्यस्तै षड्यन्त्रको हात हुनसक्ने देखिन्छ, समेत विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिको अन्तिममा गौमाताको हत्यालाई प्रोत्साहन गरेर न हत्या गर्नेको कल्याण हुने, न हत्यालाई प्रोत्साहन गर्नेको कल्याण हुने, न त देशले नै मुक्ति पाउने कुरालाई स्मरण गराउँदै जबसम्म गौमाताको संरक्षणको सुनिश्चिता हुँदैन तबसम्म नेपाल र नेपालीको भविष्य पनि अनिश्चित रहने कुरालाई दर्शाउँदै गोवंशको रक्षा गरी गौमाताको आर्शिवाद लिई सबैको कल्याण हुने मार्ग अवलम्बन गर्न अनुरोध समेत गरिएको छ ।
यसै गरी कैलालीको गौहत्याको विषयलाई लिएर धार्मिक संघसंस्थाहरूले सर्वत्रबाट बिरोध गरिरहेको सामाजिक सञ्जालहरूमा देखिएको छ । संलग्न तस्वीरहरूको स्रोतः सामाजिक सञ्जाल ।