धादिङ्बेसी, ७ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्रत्यक्ष राहतको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न धादिङ् जिल्लाका कार्यालय प्रमूखहरुलाई निर्देशन दिएका छन् ।
निर्देशनका क्रममा प्रधानमन्त्रीले विकास खर्चको सामथ्र्य बढाउने गरी सोच्न, स्थानीय समस्याबारे आवश्यक सुझाव र जानकारीका लागि कार्यालय प्रमूखहरुलाई आग्रह गरे । सो अवसरमा प्रमूख जिल्ला अधिकारी उमेश ढकालले जिल्लाको समग्र अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।