Indrenionline.com

उत्तरतिरको बैकल्पिक नाका खोल्न चीनको सर्त

काठमाडौं, ७ पुस । उत्तरतिरका बैकल्पिक नाका खोल्न चीनले केही सर्त अघि सारेको छ । विशेष गरी उत्तरी सीमा जोडिएका बैकल्पिक नाका र भञ्ज्याङको सुरक्षामा चिनिया अधिकारीले विशेष चासो देखाएका छन् ।

बन्द भएका र पूर्वाधार विकास भइसकेका नाका खोल्न चीनले सुरक्षा र एक चीन नीतिमा भरपर्दो प्रत्याभूति खोजेको हो । सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी–केरुङ बाहेक अन्य नाकालाई व्यापारिक प्रयोजनका लागि खुलाउन चीनले भरपर्दो सुरक्षा प्रत्याभूति मागेको गृह मन्त्रालय उच्च स्रोतले बताएको छ ।

नाका जोड्ने नेपाल तर्फको सडक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउन चीनले आग्रह गरेको छ । विनाशकारी भूकम्पपछि तातोपानी नाका पूर्ण रूपमा ठप्प छ भने रसुवागढी–केरुङ पूर्वाधार चुस्त नहुँदा पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन ।

नेपाल तर्फको सडक सञ्जाललाई नाकासम्म पुर्याउन सके चीनसँग १ दर्जन बढी नाकालाई व्यावसायिक प्रयोजनका रूपमा प्रयोग गर्न सकिन्छ । तातोपानी सञ्चालनमा नआउँदा वार्षिक सरदर २० अर्बको कारोबार बन्द भएको सरकारी अधिकारीहरू बताउँछन् ।

नेपाल–चीन १ हजार ४३९ किमि क्षेत्रभित्र दुवै मुलुकका नागरिक परिचयपत्र देखाएर ३० किमि वारपार गर्नपाउने सन्धी–सम्झौतामा उल्लेख भए पनि स्वतन्त्र तिब्बतका नाममा हुने सम्भावित गतिविधि नयन्त्रणमा चालिएका कदमप्रति आस्वस्त नहुँदा उक्त सुविधाबाट नेपाली पक्ष वञ्चित हुँदै आएको छ ।

नेपालतर्फको सडक सञ्जाललाई नाकासम्म पुर्याउन सके चीनसँग १ दर्जन बढी नाकालाई व्यावसायिक प्रयोजनका रूपमा प्रयोग गर्न सकिन्छ । तातोपानी सञ्चालनमा नआउँदा वार्षिक सरदर २० अर्बको कारोबार बन्द भएको सरकारी अधिकारीहरू बताउँछन् ।

बिहीबार मात्रै सभामुख ओनसरी घर्तीको निमन्त्रणामा चीनको स्वशासित क्षेत्र तिब्बतका प्रशासनिक प्रमुख बाई मा चिलिमको नेतृत्वमा उच्च स्तरीय चिनिया अधिकारी ६ दिने नेपाल भ्रमणमा आएका छन् ।