काठमाडौं, ६ पुस । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अन्जानमै संघीयता स्विकारिएको बताएका छन् ।
उपाध्यक्ष गौतमले तत्कालिन माओवादीले जनताको हत्या गर्न थालेपछि संघीयता स्विकार्नु परेको तर्क गरे । उनले सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव संविधानको समेत उल्लंघन हुने गरी र जनताको भावना विपरित हुने गरी आएको भन्दै कुनै पनि हालतमा मान्न नसकिने जिकिर गरे ।