
यसरी भयो हत्या
गत वैशाख २१ गते बस थन्क्याएपछि बेलुका करिब साढे आठ बजे उनी अञ्जनाको कोठामा गएका थिए । त्यसबेला अञ्जना नुहाइरहेकी थिइन् । अञ्जना बाथरुमबाट कोठामा नआउँदासम्म उनी अञ्जनाको मोबाइल चलाएर बसे । नुहाएर फर्कंदा आफ्नो मोबाइल चलाएको देखेर उनी रिसाइन् । त्यही विषयलाई लिएर उनीहरुबीच भनाभन भयो । भनाभन बढ्दै जाँदा श्रेष्ठले अञ्जनाको टाउको, कन्चट एवं अनुहारको भागमा मुक्काले हाने ।
‘मलाई गाली गरेपछि रिसको झोकमा मुक्काले हानिदिएको थिएँ, ऊ भुइँमा ढली,’ पक्राउ परेपछि श्रेष्ठले भनेका छन्, ‘सधैँ भुइँमा ढलेर बेहोस भएजस्तो नाटक गर्थी, नाटकै गरेकी होली भनेर वास्ता नगरी खाटमा पल्टेर बसें, धेरै बेरसम्म पनि नउठेपछि हेर्दा त उसको सास नै बन्द भइसकेको थियो ।’
तर, अञ्जनाको मृत्यु भइसकेको भन्ने उनलाई लागेको थिएन । उठाएर खाटमा सुताए । यति गर्दा पनि कुनै प्रतिक्रिया नजनाएपछि मरेको ठानी उनी कोठाबाठ निस्किए । राति गएर आफूले चलाउने बसमै सुते । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।